बस दुर्घटनामा नौ शव फेला, अन्य यात्रुको खोजी जारी

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

काठमाडाैंबाट यात्रु लिएर ओखलढुंगातर्फ जादै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात सेवा समितिको यात्रुबाहक बस मन्थली नगरपालिका– ६ भलुवाजोरस्थित लिलौटी भन्ने स्थानमा दुर्घटना हुँदा नौजनाको ज्यान गएको छ । 

मगंलबार बिहान करिब १०ः३० बजेको समयमा उक्त बस सडकवाट तामाकोशी नदीमा खसेको थियो । घाइतेमध्ये दशजनाको घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुलीको खुर्कोट र रामेछापको मन्थलीका विभिन्न अस्पतालमा पठाइएको छ ।

अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । बस दुर्घटना र यात्रुको संख्या यकिन भएको छैन । थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजनप्रसाद तिम्सिनाले जानकारी दिए । 
    
 

सुझावित समाचार