निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ।

निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता र निर्वाचन शिक्षासम्बन्धी सन्देश समेटिएका टिकटक भिडियो बनाउन आयोगले सर्वसाधारणलाई आह्वान गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुकले एक मिनेटसम्मको टिकटक भिडियो तयार गरी फागुन ३ देखि १७ गतेभित्र आयोगमा पठाउनुपर्नेछ।

आयोगका अनुसार प्राप्त भिडियोहरूमध्ये सबैभन्दा धेरै भ्युज प्राप्त गर्ने उत्कृष्ट तीनवटा भिडियोलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै विजेता भिडियोलाई प्रमाणपत्रसमेत प्रदान गरिने आयोगले जनाएको छ।

सुझावित समाचार