प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रमा प्रयोग हुने एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार हिमाली तथा पहाडी जिल्लासहित तराईका विभिन्न क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भएको हो। छपाइ भएका जिल्लामा डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँके रहेका छन्।
निर्वाचन आयोगका अनुसार हाल दैनिक करिब १५ लाख मतपत्र छपाइ भइरहेको छ।
यसैबिच, समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छापिइसकेको आयोगले जनाएको छ।