गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. हेमराज शर्माले उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘एनआरएनए रिब्रान्डिङ’को संकल्पसहित उनले १३ बुँदे रोडम्याप प्रस्तुत गर्दै भर्चुअल माध्यमबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
संघको नयाँ नेतृत्वका लागि आगामी ३० फागुनदेखि काठमाडौंमा १२औँ महाधिवेशन तय गरिएको छ । शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रको प्राध्यापकका रूपमा कार्यरत छन् ।
संघमा स्थापनाकालदेखि नै सक्रिय डा. शर्माले करिब ५० वटा राष्ट्रिय समितिमाझ उम्मेदवारी घोषणा गर्दै एकीकृत, समावेशी, प्रविधियुक्त, परिणाममुखी, दिगो, गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान एनआरएनए, बहुआयामिक ज्ञान, सिप, एनआरएनका लागि एनआरएन, नेपाल सरकारको भरपर्दो साझेदार र नवप्रवद्र्धनका लागि एनआरएनए बनाउने प्रतिबद्धता जनाएका छन् ।