शेर मल्लले आइसिसी टी–२० विश्वकपको डेब्यु बलमै विकेट लिएका छन् । उनले फिल साल्डको विकेट सन्दीप लामिछानेबाट क्याच गराउँदै लिएका हुन् ।
यसअघि मुम्बईको वानखेडे रंगशालामा नेपालले टस हारेर बलिङ गरेको हो । पहिलो ओभरमा करण केसीले पाँच रन दिएका थिए । दोस्रो ओभरको पहिलो बलमै शेरले विकेट लिएका हुन् ।
साल्ट जम्मा एक रन बनाएर आउट भए । नेपाल र इंग्ल्यान्ड पहिलोपटक प्रतिस्पर्धा गरिरहेका छन् ।