घोषणापत्रमा आर्थिक सवाल समावेश गर्न कोशीका उद्योगीको माग

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

राजनीतिक दलहरूलाई आफ्ना घोषणापत्रमा आर्थिक उन्नतिका मुख्य सवालहरू समावेश गर्न मोरङ उद्योग व्यापार संघले आग्रह गरेको छ । संघले आफ्नो १५बुँदे धारणा सार्वजनिक गर्दै आगामी निर्वाचनमा आर्थिक उन्नतिका लागि घोषणापत्रमा मुख्य सवालहरू समावेश गर्ने दलहरूलाई आग्रह गरेको हो ।

घोषणापत्रमा स्थायी उद्योगमैत्री नीति–निर्माण गरिनुपर्ने, कृषकलाई मल, बिउ, आधुनिक औजार समयमै सस्तो उपलब्ध गराउनुपर्ने, अनुदानको उचित व्यवस्था गर्नुपर्ने, चोरी–तस्करी नियन्त्रण गर्नुपर्ने, पाँच वर्षभित्र वार्षिक एक करोड पर्यटक भित्र्याउने पर्यटन नीति ल्याउनुपर्ने र छिमेकी मुलुकलक्षित शैक्षिक र स्वास्थ्य प्रतिष्ठान सञ्चालन गरिनुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी, आत्मनिर्भर वस्तु उत्पादन गर्ने उद्योगहरूको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने, पाँच वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्ने र निर्यातमुखी उद्योग प्रवद्र्धन, समुद्री बन्दरगाहसम्म सहुलियत आवागमन, निर्यात अनुदान तथा फ्री ट्रेड एग्रिमेन्टका लागि नीति–निर्माण गरिनुपर्ने रहेको छ । ठुलो रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रोत्साहन दिनुपर्ने, सीमानजिकका औद्योगिक करिडोरमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माण गरिनुपर्ने, उद्योग–व्यवसायमा अवाञ्छित गतिविधि नियन्त्रण गर्न कडा कानुन ल्याइनुपर्ने माग उद्योगीहरूको छ । 

सुझावित समाचार