कार्यकर्तालाई गगन थापाले भने– कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्‍याऔँ

शनिबार, २५ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ गतेको जेन–जी आन्दोलन र २४ गतेको घटनाले  कांग्रेस सच्चिएको बताएका छन्। कांग्रेस काठमाडौं- ५ ले आयोजना गरेको सदस्य भेलामा सभापति थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्ताहरूसँग आग्रह गरे।

‘विगतमा कांग्रेसबाट रिसाएकाहरूलाई कांग्रेस बदलिएको सन्देश पुर्याउनुपर्नेछ,’ उनले भने। हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातामाझ जानुपर्ने बताउँदै उनले अब घर-घरमा गएर संवाद गर्नुपर्ने र जेन–जीका कुरा सुन्नुपर्ने उल्लेख गरे। सभापति थापाले नागरिक किन रिसाए र कहाँ कमजोरी भयो भन्ने कुराको सामना गर्नुपर्ने भन्दै त्यसकै लागि विशेष महाधिवेशन भएको र नयाँ नेतृत्व आएको उल्लेख गरे। 

उनले सबै पक्ष मात्र नभएर देशलाई नै मिलाएर लैजाने शक्ति कांग्रेसमा भएको बताए। देशमा देखिएको भागबन्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त रूपमा उभिने दाबी गर्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फतसमेत फैलाउन आग्रह गरे। 

सुझावित समाचार