सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। उनी यसअघि नेकपा (एमाले)मा आबद्ध थिए।
शुक्रबार काठमाडौंमा आयोजित नेकपाको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका छन्।
एमालेसँग असन्तुष्टि जनाई शेर्पाले माघ ९ गते एमाले परित्याग गरेको घोषणा गरेका थिए । उनी ०७४ को निर्वाचनमा बाह्रबिसे नगरपालिकामा एमालेबाट निर्वाचित भएका थिए।