राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । बिहीबार चितवन पुगेका लामिछानेले शुक्रबारबाट चुनावी अभियान सुरु गरेका हुन् । लामिछानेले नारायणगढको बालकुमारी चोकस्थित चियापसलबाट चुनावी अभियानको सुरुवात गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
उनी पहिलोपटक उम्मेदवार हुँदा पनि यही स्थानबाट चुनावी भेटघाट सुरु गरेका थिए।