बर्दियामा चितुवाको आक्रमणबाट एकजनाको मृत्यु

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

बर्दियामा चितुवाको आक्रमणबाट एकजनाको  मृत्यु भएको छ । चितुवाको आक्रमण परी गुलरिया नगरपालिका– ४ का नन्दु रोकायको मृत्यु भएको हो । बारबर्दिया नगरपालिका– ११ मा पर्ने जनजागृति सामुदायिक वनमा घाँस काट्न गएका रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए ।

उनले भने, ‘बिहीबार दिउँसो  १२ बजेको समयमा चितुवाको आक्रमणबाट मृत अवस्थामा रोकायको शव फेला परेको छ  । रोकायसहित चारजना घाँस काट्न गरेका थिए ।’

सुझावित समाचार