रोयल इनफिल्ड–३५० लन्च

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर–३५० पोखरामा लन्च गरेको छ । कम्पनीले काठमाडौंपछि पोखरास्थित सोरुममार्फत टेस्ट राइड र बुकिङसमेत खुलाएको छ ।

विश्वका सहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बिएसभिआई हन्टर–३५० पोखराका सहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

मोटरसाइकलमा स्लिप एसिस्ट क्लच, १६० एमएम ग्राउन्ड क्लियरेन्स, डुअल च्यानल एबिस, सुधारिएको सिट र ट्रिप नेभिगेटरजस्ता सुविधा समावेश छन् । यसमा प्रयोग गरिएको ३४९ सिसी जे–सिरिज इन्जिनले दैनिक सवारीमा चुस्त र आरामदायी अनुभव दिने बताइएको छ ।

कम्पनीका निर्देशक मेघराज पौडेलले पोखराजस्तो पर्यटन र एड्भेन्चरले भरिएको सहरका लागि हन्टर–३५० अत्यन्त उपयुक्त मोडेल भएको बताए । यसको डुअल टोन मूल्य चार लाख ९९ हजार ९०० र सिंगल टोनको मूल्य चार लाख ९४ हजार नौ सय रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ । 

सुझावित समाचार