सागर ग्रुपको चौथो संस्करणको विशेष आइटी एक्स्पो बिहीबारदेखि सुरु हुँदै छ । काठमाडौंको कलंकीस्थित सागर ग्रुपको कर्पोरेट हाउस परिसरमा आयोजना हुने ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एन्ड लाइफस्टाइल मिट एन्ड ग्रिट’ नामक उक्त एक्स्पो आगामी माघ २७ गतेसम्म हुनेछ । यो चौथो संस्करणको एक्स्पो हो ।
सागर ग्रुपले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पूरा भएको जानकारी दिएको छ । मेलामा प्रमुख प्रायोजक एक्स–ल्याबसहित ब्रदर, कोनिका मिनोल्टा, कास्पे्रस्की, नेक, माइक्रोप्याक, आइडिपी र ओडो ब्रान्डका प्रिन्टर, ल्यापटपसहित आधुनिक प्रविधिसम्बन्धी उत्पादनको प्रदर्शनी गरिनेछ ।
कार्यक्रममा सम्बन्धित ब्रान्डका प्रतिनिधि तथा प्राविधिक स्वयं उपस्थित भई आवश्यक जानकारी, डेमो तथा परामर्श प्रदान गर्ने सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्धलक्ष्मी मानन्धरले बताइन् । ग्राहक, विक्रेता, तथा सरोकारवालालाई एउटै थलोमा भेला गराई सूचना प्रविधि क्षेत्रका नवीन प्रवृत्ति, नयाँ उत्पादन तथा बजारको अवस्थाबारे प्रत्यक्ष अन्तक्र्रिया गराउने उद्देश्य लिएको उनको भनाइ छ ।
एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छुट तथा अतिरिक्त सेवा प्राप्त गर्नेछन् । साथै, एक्स–ल्याब, ब्रदर, कोनिका मिनोल्टा ब्रान्डका नयाँ उत्पादन सार्वजनिक पनि गरिनेछ ।