नयाँ बानेश्वरस्थित मेट्रो ल्याब्सले डिजिटल डायग्नोस्टिक सेवासहित आधुनिक ल्याब सेवा शुभारम्भ गरेको छ । दुर्लभ किसिमका ल्याब टेस्टसहितको सेवा बुधबारदेखि प्रारम्भ गरेको हो ।
सरकारले तोकेको मूल्यमा ल्याब सेवा सुरु गरिएको र स्वास्थ्य मन्त्रालयबाट ल्याब सञ्चालनका लागि अनुमतिसमेत लिएको ल्याबका संस्थापक शंकर देवकोटाले बताए । उनका अनुसार एक हजार दुई सयभन्दा बढी किसिममा ल्याब टेस्ट यहाँबाट गरिन्छ ।
अन्य ल्याबहरूमा नपाइने ल्याब सुविधा पनि राखिएकाले यसले सर्वसाधारणको रोग पत्ता लगाउन सहज हुने देवकोटाले बताए । ‘यो ल्याब अत्याधुनिक डिजिटल डायग्नोस्टिक इकोसिस्टममा आधारित छ,’ उनले भने, ‘यस एपमार्फत सेवाग्राहीले विभिन्न स्वास्थ्य परीक्षण बुक गर्न, स्मार्ट र सटीक डिजिटल रिपोर्ट प्राप्त गर्न, आजीवन डिजिटल डायग्नोस्टिक अभिलेख सुरक्षित राख्न सक्नुहुन्छ, मेट्रो ल्याब्स नेपालकै पहिलो रेफरेन्स प्रयोगशाला पनि हो, जहाँ फ्लोसाइटोमेट्री र फ्लोरेसेन्स प्रविधियुक्तपूर्ण स्वचालित ९–पार्ट हेमाटोलोजी सिस्टम छ भने गोल्ड–स्ट्यान्डर्ड मोलिक्युलर डायग्नोस्टिक्सका लागि रियल–टाइम प्लाटफर्महरूलगायत पनि प्रयोगमा ल्याएका छौँ ।’
ल्याबको उद्घाटन गर्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा मेट्रो ल्याब्सका ब्रान्डएम्बेसडर पारस खड्काले यो ल्याबले सरकारी मूल्यसरह नै सर्वसाधारणलाई ल्याब सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।