विमानस्थलका सफाइ कर्मचारी तस्करीको सुनसहित पक्राउ

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सफाइ कर्मचारी तस्करीको सुनसहित पक्राउ परेका छन्। सुनगाभा सगरमाथा सर्भिस प्रालिका कर्मचारी डिकबहादुर राउतलाई प्रहरीले ४.४ ग्राम सुनसहित पक्राउ गरेको हो। 

डस्बिनको फोहोल स्क्रिनिङ गर्ने क्रममा फोहोरको झोलाभित्र लुकाएको अवस्थामा सो सुन बरामद भएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए। उनीमाथि विस्तृत अनुसन्धानका लागि प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ। 

त्यस्तै, प्रहरीले एक सय ग्राम सुनसहित भारतीय नागरिक अबु ब्रकतलाई पक्राउ गरेको छ। विमानस्थलको शौचालयबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मलद्वारमा लुकाएर उनले सुन तस्करी गरेको प्रहरीले जनाएको छ। 

सुझावित समाचार