इसेवासँगको सहकार्यमा नेपाल लाइफले ल्यायो ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ शीर्षकको म्यादी जीवन बिमा योजना सार्वजनिक गरेको छ।

अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित यो योजना ल्याएको नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ। कम्पनीका अनुसार बिमितको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु योजनाको मुख्य उद्देश्य हो।

यो एकवर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको प्रिमियम वार्षिक रु. ७२५ बाट सुरु हुने छ। १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरूले बिमा गरी रु. पाँच लाखदेखि रु. २० लाखसम्मको जीवन बिमा सुरक्षा प्राप्त गर्न सक्नेछन्।

‘सुपर टर्म लाइफ इन्स्योरेन्स’अन्तर्गत बिमितको आकस्मिक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बिमा सुरक्षा प्रदान गरिने कम्पनीले जनाएको छ। यो बिमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिनेछ र पोलेसी तुरुन्तै इमेलमार्फत प्राप्त हुनेछ।
 

सुझावित समाचार