राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ नम्बर क्षेत्रका उम्मेदवार बालेन्द्र शाह (बालेन) बुधबार बिहानैदेखि मोरङ र सुनसरीको भ्रमणमा व्यस्त छन् । मंगलबार झापाको दमकमा आइपुगेका बालेन बुधबार बिहान ७ बजे मोरङको उर्लाबारीदेखि दक्षिण सुनबर्सी, रंगेली, विराटनगर हुँदै सुनसरीको इटहरी, बराहक्षेत्रसम्मको भ्रमणमा व्यस्त भएका हुन् ।
उम्मेदवार शाहको सचिवालयका अनुसार १० बजे बालेन विराटनगर आइपुगेका छन्। विराटनगरमा उनलाई हेर्ने समर्थकहरूको बाक्लो भिड लागेको थियो । विराटनगरपछि बालेन सुनसरीको दुहबी, इटहरी, इनरुवा, बराहक्षेत्र हुँदै उदयपुर पुग्नेछन् ।
भेटघाटमा व्यस्त शाहले कतै पनि सम्बोधन गरेका छैनन्। चढेको गाडीमाथिबाटै आफ्नो पार्टी रास्वपाको घन्टी हल्लाएर उनले समर्थकहरूको स्वागत ग्रहण गर्ने गरेका छन्।