महालक्ष्मी विकासका सामाजिक कार्यक्रम

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापनलगायतका कार्यक्रम गरेको हो । त्यसैगरी, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण र सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य पनि गरेको छ । 

बैंकले लायन्स क्लब अफ काठमाडौं गुराँससँगको सहकार्यमा गन्धकुटी विहार खोकना– २१, ललितपुरमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । त्यसैगरी, सवारी दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन, सडक फुटपाथ तथा विभिन्न स्थानमा जथाभावी रूपमा अव्यवस्थित पार्किङ समस्या समाधान गर्न ट्राफिक प्रहरी वृत्त, महाराजगन्ज, काठमाडौंसँगको सहकार्यमा विभिन्न ट्राफिक संकेत रहेको रोड फर्निचर हस्तान्तरण गरिएको छ ।

दलित सशक्तीकरण केन्द्र नेपालको सहकार्यमा बैंकले हुम्ला जिल्लाको अदानचुली गाउँपालिका १ देखि ६ वडासम्मका व्यक्तिलाई सिलाइ मेसिन वितरण गरेको जनाएको छ । 

त्यसैगरी भानुपथ, सिद्धार्थनगर– ९, रुपन्देहीमा रहेको श्री भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माण गर्न बैंकको भैरहवा शाखा कार्यालयमार्फत आर्थिक सहयोग गरिएको छ । बैंकले गर्दै आएका यस्ता कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
 

सुझावित समाचार