कांग्रेसले सातै प्रदेशमा खटायो निर्वाचन कमान्डर

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे निर्वाचन परिचालन समितिले केन्द्रीय सदस्यलाई प्रतिनिधिका रूपमा खटाएको हो । चुनावी प्रतिस्पर्धामा पार्टीको अवस्था बुझेर रिपोर्ट बुझाउन परिचालन गर्न लागिएको छ ।

प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशभित्र पर्ने जिल्लामा पार्टीको सांगठनिक अवस्था र परिचालनको स्थिति बुझ्ने र आवश्यकताअनुसार केन्द्रीय तहमा समन्वय गरी सहजीकरणको काम गर्नेछन् ।

कोशीका ताप्लेजुङ, इलाम, पाँचथर र झापामा सहमहामन्त्री डा. डिला संग्रौलासहित निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाइएको छ । त्यस्तै, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा केन्द्रीय नेताहरू अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझीलाई खटाइएको छ । केन्द्रीय नेताहरू वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जीलाई सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सिराहा र सप्तरीमा खटाइएको छ ।

बागमतीको धादिङ, रसुवा, नुवाकोट र काठमाडौंमा बहादुरसिंह लामाको नेतृत्वमा डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जितनारायण श्रेष्ठ र डा. अमिता प्रधान खटिएका छन् । काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जिपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई खटाइएको छ ।

त्यस्तै, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतमलाई खटाइएको छ । 

गण्डकीको पर्वत, म्याग्दी, मुस्ताड र बागलुङका लागि चिनकाजी श्रेष्ठ, मनकुमारी गुरुड, कृष्णबहादुर केसी र चिनु पोखरेललाई खटाइएको छ । स्याङ्जा, कास्की, मनाङ र नवलपुरमा ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल खटिएका छन् । यस्तै गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारीलाई पठाइएको छ । 

त्यस्तै, लुम्बिनीको रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीमा डा. गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंहलाई खटाइएको छ । त्यस्तै, कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्युठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, छन्दबहादुर पहराई र केशव आचार्य खटिएका छन् । दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रंगमती शाही खटिएका छन् । 

सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, दार्चुला र बझाङमा हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिना, कैलाली र डडेल्धुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वडलाई खटाइएको छ । त्यस्तै, डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्टलाई खटाइएको छ । 

सुझावित समाचार