मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १२.५८ अंकले घटेर दुई हजार ६८३.१५ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.५३ प्रतिशतले गिरावट भएको छ।
आज ३२२ कम्पनीका एक करोड ८७ लाख तीन हजार कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार आठ अर्ब १० करोडबराबरको कारोबार भएको थियो।
नेप्सेका १३ मध्ये तीन समूहको मात्रै सूचक वृद्धि भएको छ। होटेल तथा पर्यटन, म्युचल फन्ड र उत्पादन तथा प्रशोधन क्रमशः १.७९ देखि ०.३७ प्रतिशतसम्म बढेका हुन्। घटेकामध्ये वित्त समूह एक प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ।
बजार घटे पनि कालिन्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पन्चकन्या माई हाइड्रो र रावा इनर्जी विकास क्रमशः ५.१५ र ४.८७ प्रतिशतले वृद्धि भएका छन्। सर्वाधिक घटेका सान्वी इनर्जी, पिअर इनर्जी, शिवश्री र हिमालय ऊर्जाका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरै गुमाएका छन्।