निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरीमा राजीनामा, रमाना र बिदा बन्द

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूबाट राजीनामा, रमाना र बिदा बन्द गरिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएको हुँदा माघ १९ गतेदेखि राजीनामा, रवाना र बिदा बन्द गरिएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।।

निर्वाचन अवधिभर सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत, अन्यत्र कार्यालयमा जानका लागि रवाना नगर्ने तथा अतिआवश्यकबाहेक बिदा स्वीकृत नगर्न तथा नगराउन सम्पूर्ण कार्यालयहरूलाई परिपत्र गरिएको छ।

सुझावित समाचार