नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा कम्पनीलाई २०२५ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त सम्मान ग्रहण गरे । नेपाली बिमा कम्पनीको वित्तीय विवरण, सूचकांक, सुशासन दाबी भुक्तानीको अनुपात, चुक्ता पुँजी, प्रथम बिमा शुल्क आर्जनलगायतको क्षेत्रमा गरिएका कामकारबाहीको मूल्यांकन गरी यो सम्मान प्रदान गरिएको बताइएको छ । सिइओ पराजुलीले सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैप्रति आभार प्रकट गरे ।