नेपाल एसबिआई बैंक लिमिटेडको नाफा एक अर्ब नाघेको छ । बैंकको चालू आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा एक अर्ब नाघेको हो । समीक्षा अवधिमा बैंकले एक अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १४.५६ प्रतिशतले बढी हो ।
बैंकले आफ्नो कुल निष्क्रिय कर्जा २.६४ प्रतिशतमा आएको छ । यस्तो कर्जा गत वर्षको सोही अवधिमा ३.५५ प्रतिशत थियो । त्यसैगरी, बैंकको गैरब्याज आम्दानी १०६.१६ करोड पुगेको छ । गत आवको सोही अवधिमा ७५.६९ करोड रुपैयाँ थियो । यो ४०.२६ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिमा बैंकको पुँजी पर्याप्तता थप मजबुत देखिएको छ । गत आवको पुस मसान्तसम्म १२.८७ प्रतिशत रहेको पुँजी पर्याप्तता समीक्षा अवधिमा बढेर १४.१२ प्रतिशत पुगेको हो । साथै, बैंकले आफ्नो कोष लागत ५.५८ प्रतिशतबाट घटाएर ४.२३ प्रतिशतमा ल्याउन सफल भएको छ ।