सिन्धु विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकको शाखा कार्यालय भकुन्डेले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कृष्ण आधारभूत विद्यालय, नमोबुद्ध– ३, काभ्रेमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
कार्यक्रममार्फत विद्यार्थी तथा अभिभावकलाई बचत, खर्च व्यवस्थापन, बैंकिङ सेवा तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो । सो कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभागबाट भुवन निरौला, भकुन्डे शाखा प्रमुख हरिशरण थापा तथा विजय अधिकारीको समेत सहभागिता थियो ।
साथै, सोही विद्यालयमा अध्ययनरत विद्यार्थीको पठन–पाठन विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले आवश्यक शैक्षिक तथा खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको छ ।
यस किसिमका कार्यक्रममार्फत समुदायको शैक्षिक तथा वित्तीय सशक्तीकरणमा योगदान पुर्याउने बैंकका सामान्य प्रशासन विभाग प्रमुख रधुनाथ कोइरालाले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार मैनाली तथा प्रधानाध्यापक वसन्तकुमार अधिकारीले बैंकको सहयोगले विद्यार्थीको पठनपाठन तथा अक्तिरिक्त क्रियाकलापमा सहयोग पुग्ने बताए ।