राष्ट्रिय सभाबाट तीन अध्यादेश स्वीकृत

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभाले तीनवटा अध्यादेश स्वीकृत गरेको छ। सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी दुईसहित तीनवटा अध्यादेश स्वीकृत गरेको हो।

मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश २०८२ राष्ट्रिय सभाले स्वीकृत गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटै अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेस गरेकोमा बैठकले सर्वसम्मत पारित गरेको हो।

सुझावित समाचार