सिद्धार्थ बैंक अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२५ बाट सम्मानित

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

सिद्धार्थ बैंक लिमिटेड कमर्सियल बैंकिङ क्याटगोरीमा ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२५’बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

गत शुक्रबार आयोजना भएको उक्त अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए। मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान बैंकलाई प्रदान गरिएको बताइएको छ। 

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न प्रेरित गरेको बैंकले बताएको छ।

सुझावित समाचार