जेन–जी विद्रोह शासकीय त्रुटि र आचरणगत कमजोरीको परिणाम : प्रधानमन्त्री कार्की

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण
जेन–जी विद्रोह शासकीय त्रुटि र आचरणगत कमजोरीको परिणाम : प्रधानमन्त्री कार्की

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रधानमन्त्री सुशीला कार्कीले शासकीय त्रुटि र आचरणगत कमजोरीका कारण जेन–जी विद्रोह भएको बताएकी छिन्।

सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो विद्रोह यस्तो ऐना हो, जसमा हामीले हाम्रा आफ्नै शासकीय त्रुटिहरू र आचरणगत कमजोरीहरु देखिरहेका छौँ।’

वर्तमान संविधानले परिकल्पना गरेको संघीय गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार र सुशासनलगायतका लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन नसक्दा सो आन्दोलन भएको उनले प्रस्ट पारिन्।

युवा पुस्तासहित समग्र नेपालीले राज्यका स्रोत, साधन र अवसरमा समान पहुँच, रोजगारी र गुणस्तरीय जीवनको आकांक्षा राखेकाे उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘ती आकांक्षा पूरा गर्न राज्यका तीनै अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जिम्मेवार भई लागिपर्न निकै ढिलाइ भइसकेको छ। यही कारण हामीले ठुलो क्षति व्यहोर्नुपरेको छ।’

सुझावित समाचार