सुर्खेतमा १३२ केभी प्रसारणलाइनबाट विद्युत्

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

कर्णाली प्रदेशमा लामो समयदेखि प्रतीक्षामा रहेको नेपालगन्ज–सुर्खेतमा एक सय ३२ केभी विद्युत् प्रसारणलाइन जोडिएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार नेपालगन्ज–सुर्खेतमा एक सय ३२ केभी विद्युत् प्रसारणलाइन सञ्चालन गरेका हुन् । यससँगै अब सुर्खेत उपत्यकामा एक सय ३२ केभी नियमित रूपमा विद्युत् आपूर्ति सुचारु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार दैलेख खण्डको प्रसारणलाइन एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ भने कालिकोट–जुम्ला प्रसारणलाइनको प्रक्रिया पनि सुरु भइसकेको छ । वर्षौँदेखि लो भोल्टेज र अनियमित विद्युत् आपूर्तिका कारण समस्यामा परेका कर्णालीवासीका लागि यो उपलब्धि ऐतिहासिक मानिएको छ । लामो समयसम्म अन्धकार र विद्युत् अभावको पीडा भोग्दै आएका स्थानीयवासीले अब उज्यालोतर्फ लम्किने आशा बोकेका छन् । एक सय ३२ केभी प्रसारणलाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा औद्योगिक विकास, सेवा–सुविधा विस्तार र जनजीवन सहज हुने अपेक्षा छ ।
 

सुझावित समाचार