नसर्ने रोग पत्ता लगाउन स्क्यानिङ

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

मानिसमा नसर्ने रोग पत्ता लगाउनका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले स्क्यानिङ कार्यक्रम गरेको छ। सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयमातहत रहेको स्वास्थ्य कार्यालयले कञ्चनपुरमा स्क्यानिङ कार्यक्रम गरेको हो। स्वास्थ्य कार्यालय कञ्चनपुरका नसर्ने रोगसम्बन्धीका स्रोत व्यक्ति सिद्धराज भट्टले विभिन्न स्थानमा क्याम्प चलाएर रोग पहिचान गर्न लागेको बताए। 

उनका अनुसार उच्च रक्तचाप, मधुमेहजजस्ता रोगको पहिचानका लागि स्वास्थ्य परीक्षण गर्न लागेको बताए। किट प्रयोग गरेर रगतका माध्यमबाट मधुमेह, रक्तचापसहितका बिरामीको पहिचान गरिन लागेको बताए। सामान्य प्रकृतिका स्वास्थ्य समस्या देखिएका मानिसलाई परामर्श र मध्यम, जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि सुझाव, सल्लाह दिन लागेको उनले बताए। 

जिल्लाभरि एकमहिने अभियान सञ्चाचालन गरेर रोग पहिचान र सोहीअनुरूप कार्यक्रम सञ्चालनका लागि योजना बनाउन सरकारलाई टेवा पुग्ने बताए। एकैदिन महेन्द्रनगरमा आयोजना गरेको एकीकृत निःशुल्क स्वास्थ्य क्याम्पमा ८१ मानिसको स्वास्थ्य परीक्षण गरिएको बताए। सबैभन्दा बढी उच्च रक्तचाप(ब्लडप्रेसर)का बिरामी फेला परेका छन्। मधुमेह, मोटोपन र २५ जनाको प्रेषण पहिचान भएको छ। कुल परीक्षणमा ३० प्रतिशत बिरामी उच्च रक्तचापमा भेटिएका छन्। यसर्थ, पछिल्ला दिनहरुमा उच्चरक्तचापका बिरामीसमेत बढिरहेको तथ्यले देखाएको छ। 
 

सुझावित समाचार