नेसनल लाइफ इन्स्योरेन्सको एकदिने तालिम सम्पन्न

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनाेट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरूलाई एकदिने तालिम प्रदान गरेको छ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमअन्तर्गत छनाेट भएका २८० अभिकर्ताहरूलाई धुलिखेलस्थित होटेल सारथीमा काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए।

रजाले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायबारे प्रशिक्षण दिएका थिए। कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत कँडेलले कम्पनीमा आबद्ध अभिकर्ताहरूलाई आफूले आत्मसात् गरेको अभिकर्ता पेसालाई व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले विभिन्न अभिकर्तामैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरूलाई उत्कृष्ट प्रशिक्षण दिने गरी प्रेरणा, प्रगति र पेसागत उत्कृष्टताको नाराका साथ मासिक योजना मन्थन जारी गरिएको बताए।

उनले यो योजनामा देशैभरबाट सात सयभन्दा बढी अभिकर्ताहरू छनाेट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए। साथै उनले शाखास्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले यस प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेसामा उत्कृष्टता हासिल गरी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गर्न सक्ने बताए।

सुझावित समाचार