लामिनारले पायो भिट्रिफाइड टायलको गुणस्तर चिह्न

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

लुम्बिनी सेरामिक्स लिमिटेडको उत्पादन लामिनार टायल्स र क्रेस्टा टायल्सले नेपाल गुणस्तर चिह्न प्राप्त गरेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीका दुवै उत्पादनलाई एनएस ६१७:२०८२ मापदण्डको गुणस्तरको चिह्न प्रदान गरेको हो । उक्त चिह्न प्राप्त गरेसँगै नेपालको सेरामिक उद्योगले महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार लामिनार टायल्सले विभागबाट पूर्ण भिट्रिफाइड टायल्स (समूह बी वन ए) श्रेणीको गुणस्तर चिह्न प्राप्त गरेको हो भने क्रेस्टा टायल्सले पोर्सिलिन टायल्स (समूह बी वान बी) श्रेणीको मान्यता प्राप्त गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक आशुतोष खेतानले उक्त चिह्न प्राप्त गर्नुलाई महत्वपूर्ण उपलब्धि भनेका छन् । उनका अनुसार पूर्ण भिट्रिफाइड र पोर्सिलेन दुवै श्रेणीमा एनएस ६१७ प्रमाणीकरण प्राप्त हुनु नेपाली सेरामिक उद्योगका लागि महत्वपूर्ण उपलब्धि हो । ‘नेपाल गुणस्तर चिह्न प्राप्त हुनुले टायलको गुणस्तर मापनका लागि स्पष्ट, वैज्ञानिक र राष्ट्रिय रूपमा मान्यताप्राप्त मापदण्ड स्थापित गरेको छ,’ उनले भने ।

उक्त चिह्न प्राप्त भएसँगै नेपालको सेरामिक उद्योगले अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त गरेको जनाइएको छ । उक्त चिह्न प्राप्त गरेसँगै नेपाली उपभोक्ताले अब वैज्ञानिक रूपमा वर्गीकृत तथा पारदर्शी रूपमा प्रमाणीकरण गरिएका स्वदेशी उत्पादन प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पूर्ण भिट्रिफाइड टायल्सलाई उच्च गुणस्तरको श्रेणीमा राखिन्छ । 
 

सुझावित समाचार