नेसनल लाइफको सिइओ क्लब सदस्य सम्मान कार्यक्रम

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्तालाई सम्मान गर्न सिइओ क्लब सदस्य सम्मान कार्यक्रम गरेको छ । आर्थिक वर्ष ०८१/८२ मा तोकिएको बिमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका तीनजना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं कोशी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखको सहभागितामा कम्पनीले अभिकर्तालाई सम्मान गरेको हो । 

अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले क्लबको सदस्यता वितरण तथा सम्मान गरेका थिए । साथै, कोशीबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई पनि पुरस्कृत गरिएको थियो । 

यसैगरी, कम्पनीले नेसनल अवार्ड योजनाअन्तर्गत नेसनल रत्न तथा नेसनल स्टार विजेता अभिकर्तालाई पनि कम्पनीको लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाले सम्मान गर्यो । सिइओ खत्रीले सिइओ क्लबमा देशभरबाट १६ सयजनाभन्दा बढी अभिकर्ता छनोट भएको जानकारी गराए । 
 

सुझावित समाचार