सुरक्षा संवेदनशीलताका आधारमा सर्लाही जिल्लामा प्रहरी प्रधान कार्यालयले एसएसपीलाई खटाउने तयारी गरेको छ। सर्लाहीमा गगनकुमार थापा, नारायणकाजी श्रेष्ठलगायत केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा छन्।
खासगरी सर्लाही ४ को चुनावी टक्करलाई लिएर एसएसपी खटाउन लागिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ। जहाँ कांग्रेस सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह, एमालेबाट अमनकुमार यादवलगायत प्रतिस्पर्धामा छन्।
सर्लाहीको प्रहरी प्रमुखमा हाल एसपी कार्यरत छन्। चुनाव अवधिको लागि एसएसपीलाई खटाउन लागिएको हो। सर्लाहीबाहेक झापालगायत अन्य केही जिल्लामा पनि एसएसपी खटिने सम्भावना रहेको स्रोत बताउँछ।