विश्व प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव (बर्लिनाले)मा निर्देशक मीन भाम अन्तर्राष्ट्रिय जुरी बनेका छन्। महोत्सवको ७६औँ संस्करणमा निर्देशक भाम नेपालबाट मुख्य प्रतिस्पर्धातर्फको जुरी छनोट भएका हुन्।
जर्मन निर्देशक विम विन्डर्सले जुरी प्रेसिडेन्टका रूपमा नेतृत्व गर्ने निर्णायक समूहमा मीनसहित भारत, जापान, दक्षिण कोरिया र अमेरिकाका जुरीमा नेपाललाई प्रतिनिधित्व गर्नेछन्।
बर्लिनालेको ७४औँको संस्करणमा मुख्य प्रतिस्पर्धामा मीन निर्देशित ‘शाम्बाला’ले नेपालबाट पहिलोपटक छनोट हुने इतिहास रचेको थियो।