चलचित्र विकास बोर्डले चालू आर्थिक वर्ष ०८२/८३ अन्तर्गत ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष– २०८२’ का अवसरमा नेपाली चलचित्र क्षेत्रमा कार्यरत चलचित्रकर्मीहरूका लागि ११ विधामा तालिम तथा कार्यशाला सञ्चालन गर्ने गरी आवेदन आह्वान गरेको छ।
बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार साउन्ड मिक्सिङ तथा पोस्ट–प्रोडक्सन, स्पट सिंक साउन्ड, सिनेमेटोग्राफी, पटकथा लेखन, ड्रोन सञ्चालन, मेकअप, फोटो तथा भिडियो पत्रकारिता, कलर करेक्सन, एआई (कृत्रिम बुद्धिमत्ता), प्रतिलिपि अधिकार, साइबर सुरक्षा तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको उल्लेख गर्दै भने, ‘नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक र सिर्जनात्मक रूपमा सक्षम चलचित्रकर्मी उत्पादन गर्नु आजको आवश्यकता हो। चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष– २०८२ अन्तर्गत सञ्चालन गरिने यी तालिम तथा कार्यशालाले चलचित्रकर्मीहरूको सीप अभिवृद्धिमा ठोस योगदान पुर्याउनेछ ।’
उनका अनुसार बोर्डले तालिमहरूलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यावहारिक, परिणाममुखी र उद्योगमैत्री बनाउने लक्ष्य लिएको छ।
तालिममा सहभागिताका लागि इच्छुक चलचित्रकर्मीहरूले बोर्डको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन्। पछिल्लो पाँच वर्षदेखि सम्बन्धित विधामा सक्रिय रूपमा कार्यरत चलचित्रकर्मीहरूलाई प्राथमिकता दिइने बोर्डले जनाएको छ।
चलचित्र विकास बोर्डद्वारा ११ विधामा तालिम तथा कार्यशालाका लागि आवेदन आह्वान
मानवता जाँच्ने सिनेमा
४ हप्ता अघि
बजारले होइन, चेतनाले बन्छ राम्रो सिनेमा
३ हप्ता अघि
लोपोन्मुख नृत्य संरक्षणमा ऋतम्भरा
२ हप्ता अघि
स्मार्टफोनले बर्बाद पार्दै छ बालापन
४ हप्ता अघि
सुझावित समाचार
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
चलचित्र सलल बग्छ । कहीँ पनि बोरिङ फिल हुँदैन । सरल र मार्मिक छन् संवादहरू । विशेषगरी, कलाकार सेलेक्सन, भाषा, रंग, सादगीपन…
चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति
लमजुङ- चीनको फुगोङमा एक साँझ नेपाली मौलिक पोसाकमा सजिएका कलाकार कौरा नृत्यको ताल सुरु गर्दै थिए । उनीहरूले देउसी र भैलोको…
दसैँको पूर्वसन्ध्यामा र्यापर भियोमाको लाइभ कन्सर्ट हुने
काठमाडौंको जडीबुटीस्थित क्लब १८ मा र्‍यापर भियोमाको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। दसैँको पूर्वसन्ध्यामा १६ असोजमा आ…
लोकनाथ पौडेलको जीवनमा आधारित वृत्तचित्र सार्वजनिक
चार दशकभन्दा बढी समय शिक्षण पेसामा समर्पित हुँदै सामाजिक, साहित्यिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउ…
गायिका रिया खत्रीको ‘युके शहर’ सार्वजनिक
गायिका तथा मोडल रिया खत्रीले ‘युके शहर’ बोलको गीत सार्वजनिक गरेकी छिन्। शुक्रबार राजधानीमा एक कार्यक्रमबिच विमोचन…
लोपोन्मुख नृत्य संरक्षणमा ऋतम्भरा
भक्तपुरको दुवाकोटमा रहेको ऋतम्भरा पाठशालाले लोपोन्मुख नृत्य संरक्षण अभियानलाई नियमित पाठ्यक्रमकै रूपमा अघि बढाएको छ । यसबार…