कामना सेवाद्वारा एक सय ८२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले सप्तरीमा एक सय ८२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार सप्तरीको छिन्नमस्ता गाउँपालिका– ६ स्थित कोचाबखरीको राष्ट्रिय प्राथमिक विद्यालयका विपन्न विद्यार्थीलाई झोला तथा स्टेसनरी सामग्री वितरण गरेको हो । 

राजविराज शाखा प्रमुख सूर्यनारायण मुखियाले शिक्षा नै समाज र राष्ट्रको समग्र विकासको आधार भएको उल्लेख गर्दै बैंकले भविष्यमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुझावित समाचार