समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २४औँ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो हेटौंडामा सम्पन्न भएको छ।
साधारण सभामा अध्यक्ष अजयकुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेश गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्यहरुको जानकारी गराएका थिए।
साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको विवरण स्वीकृतिको लागि पेश गरिएकोमा सर्वसम्मतिले पारित भएको छ।
साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रियालाई सर्वसम्मतिले पारित गर्दै बाँकी कार्यको अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षकमा आरएसएमए एसोसियट्सलाई नियुक्ति गर्ने समेत सर्वसम्मत निर्णय गरेको छ।