ज्योति विकास बैंकका ग्राहकलाई सौराहाको राइनो लज एन्ड होटेलमा २५ प्रतिशतसम्म छुट

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई चितवनको सौराहास्थित राइनो लज एन्ड होटेलमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।

सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकले उक्त होटेलमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सौराहाको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण र उच्चस्तरीय सेवा–सुविधाहरूका कारण यो होटेलले पर्यटकको मन जित्दै आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको र नागरिकको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राखेको बैंकले जनाएको छ।

सुझावित समाचार