विप्लव नेतृत्वको माओवादीका ढकालसहितका नेता कार्यकर्ता नेकपा प्रवेश

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण
विप्लव नेतृत्वको माओवादीका ढकालसहितका नेता कार्यकर्ता नेकपा प्रवेश

तस्बिर : प्रचण्डको सचिवालय

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का संयोजक चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबिच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ढकालसहितका नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन्। ढकाल फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी)को तर्फबाट काठमाडौं– ६ का उम्मेदवार हुन्।

एकताको सहमतिपत्रमा नेकपाका संयोजक प्रचण्ड र नेकपा (माओवादी)का संयोजक ढकालले हस्ताक्षर गरेका छन्। ६ बुँदे सहमतिपत्रमा पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताको समितिगत हैसियत र जिम्मेवारी प्रदान आपसी सहमतिबाट तय गरिने उल्लेख छ।

सुझावित समाचार