सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी दुरुपयोग हुनबाट बचाउने एसबिआईकाे प्रतिज्ञा

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकले आफ्नो सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एमएल–सिएफटी प्रावधान पालना गर्न प्रतिज्ञा गरेकाे छ । बुधबार ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले प्रधान कार्यालय काठमाडौंका सम्पूर्ण कर्मचारीहरूलाई एक कार्यक्रमबिच प्रतिज्ञा गराएका हुन् ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, प्रवीणमुनि बज्राचार्य र अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले समेत आ–आफ्ना कार्यालयहरूमा प्रतिज्ञा लिएका थिए ।

नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसको रूपमा मनाउन घोषणा गरेअनुरूप बैंकले सो दिवस मनाएको हो । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
 

सुझावित समाचार