लोकप्रिय टायल्स कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गर्दै विराटनगरको मुनालपथमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस सोरुमको उद्घाटन कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, कजारिया रमेश टाइल्सका निर्देशक हिमांशु अग्रवालले गरेका हुन् । विराटनगर तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्ने र ग्राहकलाई आधुनिक एवं आकर्षक खरिद अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
मन्त्री पराजुलीले कजारियाको लगानी र क्षेत्रीय विकासमा पुर्याएको योगदानको प्रशंसा गरे । ‘कजारियाजस्ता प्रतिष्ठित ब्रान्ड कोशी प्रदेशमा विस्तार हुनु नेपालका उद्योग तथा निर्माण क्षेत्रप्रति बढ्दो विश्वासको संकेत हो,’ उनले भने, ‘यस्ता पहलले उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउनुका साथै स्थानीय रोजगारी र आर्थिक वृद्धिमा समेत योगदान पुर्याउँछन् । प्रदेश सरकार जिम्मेवार र दिगो औद्योगिक विस्तारलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ ।’
त्यसैगरी, निर्देशक अग्रवालले नेपालप्रति कजारियाको दीर्घकालीन प्रतिबद्धताबारे प्रकाश पारे । उनले भने, ‘कजारिया सधैँ उच्च गुणस्तर, नवीन डिजाइन र भरपर्दो समाधान प्रदान गर्नमा केन्द्रित रहँदै आएको छ ।’