बारामा अज्ञात व्यक्तिकाे आक्रमणबाट आमाछोराको हत्या, दुई जना घाइते

अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया आमा सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

बाराको परवानीपुर गाउँपालिका- १, रहरिया टोलमा गएराति आमाछोराको हत्या भएको छ भने दुईजना घाइते भएका छन् । अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया आमा सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको हो ।

आक्रमणमा परेर घाइते भएका ५० वर्षीय जगरूप महतो र २८ वर्षीय मनिता देवीको वीरगन्जको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । बुधबार राति करिब २ बजेको समयमा अज्ञात व्यक्तिले धारिलो हतियारले आक्रमण गरेर आमाछोराको हत्या गरेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । 

प्रहरी उपरीक्षक कुँवरले भने, ‘रातिको समयमा के कारणले आक्रमण गरेर हत्या भएको हो ? यसबारे हामीले अनुसन्धान सुरु गरेका छौँ । अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धानसहितको सबुत प्रमाण संकलन गरिरहेको छ । हत्यामा संलग्नको खोजीकार्य तीव्र पारिएको छ ।’

आफ्नै निवासमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले आक्रमण गरेर उनीहरूको हत्या भएको प्रहरीको भनाइ छ । मृतकको शव घरमा नै फेला परेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए ।

See More On

सुझावित समाचार