सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउने क्रम जारी छ। मंगलबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला तीन लाख नाै हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा हालसम्मकै सर्वाधिक मूल्य हो।

यसअघि सोमबार सुन प्रतितोला तीन लाख नाै हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार सुनको मूल्य एकै दिनमा पाँच हजार दुई सय रुपैयाँले बढेको थियो।

त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार चाँदी प्रतितोला १०५ रुपैयाँले बढ्दै ६ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार यसको मूल्य ६ हजार ४८० रुपैयाँ रहेको थियो।

सुझावित समाचार