नेपाल एसबिआई बैंकको वृद्धवृद्धालाई सहयोग

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रममा सहयोग सामग्री वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आइतबार आश्रममा आश्रित ६४ जना वृद्धवृद्धालाई न्यानो कपडा, ब्ल्यांकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पललगायतका अत्यावश्यक सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले वृद्धाश्रमका प्रमुख शशि पौडेललाई सहयोग सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे । यस पहलले वृद्धाश्रममा बसोवास गर्ने वृद्धवृद्धाको तत्काल आवश्यकता पूरा गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ ।

सो अवसरमा पशुपति विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्मा भुसाल, कोषाध्यक्ष श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रवीणमुनि बज्राचार्य तथा बैंक र सम्बन्धित संस्थाका अन्य पदाधिकारीको उपस्थिति थियो ।

समुदायस्तरमा सामाजिक गतिविधि गर्दै आइरहेको बैंकले देशभरका एक सय दुई शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, एक सय २७ एटिएमबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

सुझावित समाचार