गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउन्टेडहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरू प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबिच एक सम्झौता सम्पन्न भएको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातमा ७५ हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी विनाधितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुलाई आकर्षक ब्याजदरमा घर कर्जा र सवारीसाधन कर्जासमेत प्रदान गर्नेछ ।
हाल गरिमा विकास बैंक लिमिटेडले ‘अब आफ्नै घर’ भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।
हाल, गरिमा विकास बैंक लिमिटेडको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङ मार्फत करिब नाै लाख ५० हजार ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।