सुनको मूल्य हालसम्मकै उच्च

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य आज उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा पाँच हजार दुई सय रुपैयाँले वृद्धि हुँदै तीन लाख नाै हजार रुपैयाँ पुगेको छ।

यसअघि आइतबार सुन प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज उकालो लागेको छ। आज चाँदी प्रतितोला २९० रुपैयाँले बढेर ६ हजार ७६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। आइतबार भने चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार