आइतबार ५७.५५ अंकले बढ्यो नेप्से

१३ अर्ब ७८ करोड ५७ लाखको कारोबार, आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

आइतबार सेयर बजार परिसूचक नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ विन्दु पुगेको छ । यो २.१२ प्रतिशतको वृद्धि हो । आइतबार कारोबारमा आएकामध्ये आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

एसवाई प्यानल, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, बन्दीपुर केबलकार, हिमस्टार ऊर्जा कम्पनी, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र अंखु खोला जलविद्युत्को सेयर मूल्यमा उच्च वृद्धि भएको हो । सबै समूहका परिसूचकमा वृद्धि भएको छ । सर्वाधिक वृद्धिदर होटेल तथा पर्यटन समूहको छ । 

कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । तीन करोड नौ लाख १५ हजार एक सय ८३ कित्ता सेयर किनबेच भएको छ । बजार पुँजीकरण ४६ खर्ब ५४ अर्ब कायम भएको छ । 

See More On

सुझावित समाचार