सुदूरपश्चिमबाट राष्ट्रिय सभामा कांग्रेसका खाती र एमालेकी भण्डारी निर्वाचित

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिमबाट नेपाली काँग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी निर्वाचित भएका छन्।

महिला क्लस्टरतर्फ भण्डारीले तीन हजार ९८४ मतभार पाएर निर्वाचित भएकी हुन्। उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मतभार पाइन्।

अन्यतर्फ पूर्वन्यायाधिवक्ता खाती तीन हजार ९६९ मतभार पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गरे। यहाँ कांग्रेस र एमालेले गठबन्धन गरेका थिए भने नेपाली कम्युनिष्ट पार्टी एक्लै चुनाव लडेको थियो।

सुझावित समाचार