नवलपुर : धारिलो हतियार प्रहार गरी घाइते

शनिबार, १० माघ, २०८२
डिजिटल संस्करण

नवलपुरको गैँडाकोट- १८ मटकुरीटाँडीमा खुर्पा प्रहारबाट ५४ वर्षीय भक्तबहादुर कानु मगर घाइते भएका छन्। नवलपुर प्रहरीका अनुसार नवलपुरको गैँडाकोट- १८ मटकुरीटाँडीनिवासी ५४ वर्षीय भीमबहादुर सोतीमगरले टाउकोमा खुर्पा प्रहार गरेका हुन्। 

सामान्य बादविवाद हुँदा खुर्पाले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ। उनको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। खुर्पा प्रहार गर्ने मानिस प्रहरी नियन्त्रणमा रहेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार