एभरेस्ट कफी बिन्सको छैटौँ आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको छ। सञ्चालनमा आएको अवसरमा शुक्रबार २० प्रतिशत छुट दिएको एभरेस्ट कफी बिन्सले एक सातासम्म १५ प्रतिशत र एक महिनासम्म १० प्रतिशत छुट दिने जनाएको छ।
युवा व्यवसायी तथा एभरेस्ट ग्रुप अफ कम्पनिजका अध्यक्ष प्रेम सेन सुनारले ०८० चैत १९ गते काठमाडौंको मैतीदेवीमा एभरेस्ट कफी बिन्सको पहिलो आउटलेट स्थापना गरेका थिए। करिब तीन वर्षको अवधिमा एभरेस्ट कफी बिन्सको ६ वटा आउटलेट सञ्चालनमा आएका हुन्।
ग्राहकको चाहनाअनुरूप दरबारमार्गमा पनि आउटलेट स्थापना गरिएको अध्यक्ष सुनारले बताए। ‘हाम्रो कफीलाई ग्राहकहरूले एकदमै मन पराउनुभएको छ। त्यसले गर्दा छोटो अवधिमा ६ वटा आउटलेट सञ्चालन गर्न सफल भयौँ,’ उनले भने।
मैतीदेवी र दरबारमार्गसँगै जावलाखेल, अनामनगर, सेतोपुल र कालीमाटीमा एभरेस्ट कफी बिन्सका आउटलेट छन्। एभरेस्ट ग्रुपले कफी र यससम्बन्धी हस्पिटालिटी तथा तालिममा लगानी गर्दै आएको छ।