अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडिआरटी)ले नेपालका लागि सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पूरा गर्ने सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जना उत्कृष्ट अभिकर्ताहरू एमडिआरटी २०२६ को सदस्य बन्न सफल भएका छन्।
५५ जनामध्ये गौरवकुमार शाही र दीपक सापकोटा कोर्ट अफ द टेबल (सिओटी)का लागि योग्य भएका सूर्यज्योतिले जनाएको छ। गौरवकुमार शाही सिओटीमा तेस्राेपटक र दीपक सापकोटा दोस्राेपटक छनोट भएका हुन्।
कोशी प्रदेशबाट दुई, बागमती प्रदेशबाट २९, गण्डकी प्रदेशबाट पाँच, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट तीन र सुदूरपश्चिम प्रदेशबाट तीनजना गरी जम्मा ५५ जना छनोट भएका हुन्। साथै, तीन वा सोभन्दा बढी पटक एमडिआरटी हासिल गर्ने ६ जना र पाँच वा सोभन्दा बढी पटक एमडिआरटी हासिल गर्ने दुईजना गरी आठजना दीर्घसेवा पदकबाट सम्मानित भएका छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सन् २०२६ का लागि एमडिआरटीका लागि छनोट हुन सफल सबैलाई अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने विश्वभरका अभिकर्ताहरूको भेलामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झन्डा फहराउन अवसर प्राप्त गरेकोमा बधाई दिए।